You are viewing the translated version of सेवा शुल्क लिन नपाउने.
Rule 9
सेवा शुल्क लिन नपाउने
(१) नियम ८ को उपनियम (२) बमोजिम एक बैङ्कबाट अर्को बैङ्कमा वा एउटा बैङ्क खाताबाट अर्को बैङ्क खातामा सरकारी रकम स्थानान्तरण गर्दा बैङ्कले त्यसरी रकम स्थानान्तरण गरे बापत कुनै किसिमको सेवा शुल्क लिन पाउने छैन।
(२) नेपाल सरकारबाट भुक्तानी हुने राष्ट्रसेवकको पारिश्रमिक, कार्यालयको पानी, बिजुली, टेलिफोन र सञ्चार महसुल जस्ता उपयोगिता (युटिलिटी) भुक्तानी, सामाजिक सुरक्षा भत्ता वा कार्यालयले भुक्तानी गर्नु पर्ने राजस्व जम्मा गर्दा प्रचलित कानून बमोजिम अनुमति प्राप्त भुक्तानी सेवाप्रदायकले कुनै सेवा शुल्क लिने रहेछ भने त्यस्तो सेवा शुल्क नेपाल सरकारले व्यहोर्नेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति, फर्म, संस्था वा कम्पनीले राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनको लागि त्यस्तो व्यक्ति, फर्म, संस्था वा कम्पनीको खाता रहेको बैङ्कबाट राजस्व खाता रहेको बैङ्कमा रकम स्थानान्तरण गर्दा वा प्रचलित कानून बमोजिमको कुनै भुक्तानी उपकरणको माध्यमबाट राजस्व रकम जम्मा गर्दा वा सरकारी कार्यालयले भुक्तानी दिँदा भुक्तानी सेवाप्रदायकले कुनै सेवा शुल्क लिने रहेछ भने त्यस्तो सेवा शुल्क सो रकम जम्मा गर्ने वा भुक्तानी पाउने व्यक्ति, फर्म, संस्था वा कम्पनीले व्यहोर्नु पर्नेछ।